सवारी दुर्घटना न्यूनीकरण गर्न गण्डकी प्रदेशमा १६ लाख बढीलाई ट्राफिक सचेतना
काठमाडौं । गण्डकी प्रदेशमा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति कम गर्नका लागि ट्राफिक प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले प्रदेशका ११ वटै जिल्लामा दुर्घटना न्यूनीकरण र मानवीय क्षति कम गर्न विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको हो ।
