सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रेस तथा सञ्चार क्षेत्रलाई उपेक्षा गरेर नागरिक स्वतन्त्रता स्थापित हुन नसक्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको ‘कोशी मिडिया सम्मेलन’को उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले लोकतन्त्रको सुदृढीकरण, नागरिक अधिकारको संरक्षण तथा सुशासन प्रवर्द्धनका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
