SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०२:२२ PM · 1 मिनेट पढाइ

भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु

काठमाडौं । पहाडी जिल्ला भोजपुरमा डेङ्गी सङ्क्रमण बढ्न नदिने उद्देश्यले ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत स्वास्थ्य कार्यालयको आयोजनमा आज भोजपुरमा पनि र्‍यालीसहितको सचेतना कार्यक्रम गरिएको हो । स्थानीयस्तरका नागरिकलाई रोगका बारेमा जानकारी दिने उद्देश्यका साथ डेङ्गी रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सृजना बनमालीले बताइन् ।