मनिष झाको प्रतिक्रिया: ‘परिणाम स्वीकार्छु, विपिनलाई सकेसम्म सहयोग गर्छु’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदको निर्वाचनमा पराजित भएका केन्द्रीय सदस्य तथा सांसद मनिष झाले निर्वाचनको परिणाम स्वीकार गर्दै निर्वाचित महामन्त्री विपिन आचार्यलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै झाले आफ्नो उम्मेदवारी पार्टीभित्र गुट र टिके राजनीतिक अभ्यास नहोस् भन्ने उद्देश्यका साथ रहेको बताएका छन् ।
