१८ वर्षमुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य नबनाउन कांग्रेसको अपिल
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षमुनिका बालबालिकालाई कुनै पनि राजनीतिक दलको सदस्य नबनाउन सार्वजनिक अपिल गरेको छ। आज एक अपिल जारी गर्दै उपसमितिका संयोजक उमंग लोहनीले बालबालिकाको बालापन, शिक्षा र अधिकारको संरक्षण गर्न सबै राजनीतिक दल, पार्टीका कार्यसमिति तथा शुभेच्छुकलाई आग्रह गरेका हुन् ।
