SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ १२:४२ PM · 1 मिनेट पढाइ

मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग

तनहुँ । तनहुँ समाज हङकङले मिर्गौला तथा क्यान्सरपीडितलाई आर्थिक सहयोग गरेको छ । हङकङमा बसोबास गर्ने तनहुँवासीको संस्था तनहुँ समाज हङकङले जिल्लाका मिर्गौला तथा क्यान्सरबाट पीडित बिरामीलाई रु पाँच लाख ७६ हजार आर्थिक सहयोग गरेको हो ।