SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

शुक्लाफाँटामा स्वास्थ्य सेवाको पहुँच विस्तार

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्षमा मातृ तथा शिशु स्वास्थ्य, दीर्घ रोगी, ज्येष्ठ नागरिक र किशोरी लक्षित कार्यक्रमलाई प्राथमिकता दिँदै स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा उल्लेखनीय सुधार गरेको छ । स्वास्थ्य पूर्वाधार सुदृढीकरणदेखि विशेषज्ञ सेवा विस्तारसम्मका कार्यक्रमबाट स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।