काठमाडौंमा सरकार छैन, देशको राजधानी चितवन सरेको अनुभुति भयो : कांग्रेस सांसद परियार
नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले एक सातायता काठमाडौंमा सरकारको उपस्थिति नदेखिएको भन्दे आपत्ति जनाएका छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् । उनले देशको राजधानी काठमाडौंबाट चितवन सरेजस्तो अनुभुति भएको टिप्पणी पनि गरे । ‘सम्माननीय अध्यक्षज्यू अघिल्लो एकहप्तादेखि काठमाडौं यस्तो लाग्न थाल्यो कि काठमाडौंमा सरकार छैन ।
