बेथानचोकमा बेलीब्रिज निर्माणले आवागमनमा सहजता
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ च्याम्राङबेँसीस्थित च्याम्राङबेँसी–झिङ्गे सडक खण्डमा पर्ने रतन खोलामा बेलीब्रिज निर्माण गरिएको छ । उक्त पुल निर्माणपछि छिमेकी जिल्ला ललितपुरको महाङ्काल गाउँपालिकालाई आवागमनमा सहजता भएको हो । बागमती प्रदेश सरकार र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा रु एक करोड ७० लाखमा उक्त पुल तयार भएको हो ।
