SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ११:४४ AM · 1 मिनेट पढाइ

खाडीको जीवनभन्दा गाउँ प्यारो

बागलुङ । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको जीवन प्यारो लाग्न थालेको छ । बडिगाड गाउँपालिका–९ बल्घास राँकीचौरका तेजबहादुर घर्तीमगरले लालाबालाको सुखका लागि खाडीमा १६ वर्ष जीवन बिताउँदा पनि आम्दानी बचाउन सक्नुभएन । अन्ततः गाउँ फर्किए । गाउँमा बाख्रापालन गर्न पत्नि कुश्माले सहयोग गर्न थाले । आम्दानीबाट केही अंश बचत भयो ।