‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक रमेश रुछेन राईलाई
काठमाडौं । मदन भण्डारी फाउन्डेसनले २०८२ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक रमेश रुछेन राईको कृति ‘श्वेतशार्दूल’लाई प्रदान गर्ने भएको छ । इलामको सूर्योदय नगरपालिका–११, केराबारीमा जन्मिएका अनुसन्धानकर्ता राईकृत मदन भण्डारीको जीवनीमा आधारित ‘श्वेतशार्दूल’लाई रु दुई लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको फाउन्डेसनका कार्यवाहक सचिव डा भेषराज अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
