SHARE
पर्दाफास · शुक्रबार​ १२ असार २०८३ १२:१० PM · 1 मिनेट पढाइ

कारबाही सिफारिस गर्दा आयोगले कार्यक्षेत्र मिच्यो : रामकुमारी झाँक्री

नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले गत वर्षको २३ र २४ भदौमा भएको जेनजी आन्दोलनसम्बन्धी घटनामा अनुसन्धान गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र बाहिर गएर सिफारिस गरेको भन्दै आपत्ति जनाएकी छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएकी हुन्। अब मानव अधिकार आयोगको कार्यक्षेत्रको बारेमा बहस गर्नुपर्ने उनको भनाइ छ ।