SHARE
पर्दाफास · शुक्रबार​ १२ असार २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

भारतमा नेपाली सेनाका क्याप्टेन बुढाथोकी बने उत्कृष्ट विदेशी अधिकृत

नेपाली सेनाका क्याप्टेन दिपेश बुढाथोकी भारतमा सम्पन्न अधिकृत यातायात व्यवस्थापन कोर्समा सर्वोत्कृष्ट विदेशी अधिकृत घोषित भएका छन्। भारतीय सेनाको प्रशिक्षण कमान्ड अन्तर्गत बेंगलुरुस्थित एएससी सेन्टर एन्ड कलेजमा सञ्चालित उक्त कोर्स बिहिवार सम्पन्न भएको हो। कोर्समा भारतीय सेनाका अधिकृतहरूसँगै नेपाल, श्रीलंका, मौरिसस र लेसोथोका विदेशी अधिकृतहरूको पनि सहभागिता रहेको थियो।