विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको सुन्दर पक्ष रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेशद्वारा आज आयोजित ‘कोशी मिडिया सम्मेलन’ को उद्धाटन गर्दै उनले लोकतन्त्रलाई बलियो बनाउन र नागरिक अधिकार स्थापित गर्न सञ्चारकर्मीहरूले सत्य र तथ्यको आधारमा सशक्त रूपमा अघि बढ्नु पर्ने धारणा राखे ।
