स्रोत–साधन अभावले लागुऔषध नियन्त्रणमा अपेक्षित सफलता मिलेन : आईजीपी कार्की
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले श्रोत, साधनको अभावमा नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शुक्रवार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
