SHARE
पर्दाफास · शुक्रबार​ १२ असार २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

लागुऔषध नियन्त्रण ऐनमा सशस्त्र प्रहरीको भूमिका स्पष्ट हुनुपर्छ : आईजीपी पौडेल

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लागुऔषधसँग सम्बन्धित विभिन्न ऐन तथा कानुनहरूले सशस्त्र प्रहरी बल नेपालको भूमिकालाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । लागुऔषध नियन्त्रण तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।