दुई दिने इण्डियन एजुकेशन फेयर काठमाडौंमा शुरु
काठमाडौं । नेपाली विद्यार्थीलाई भारतीय विश्वविद्यालय तथा कलेजबारे जानकारी उपलब्ध गराउने उद्देश्यले काठमाडौंमा दुई दिने इण्डियन एजुकेशन फेयर (शैक्षिक मेला) शुरु भएको छ । समृद्धि एजुकेशन कन्सल्टेन्सीको आयोजना तथा इन्ट्रोडक्सन ट्रेडसोज नेपाल प्रा.लि.को व्यवस्थापनमा शुक्रवारदेखि काठमाडौंको एभरेस्ट होटलमा मेला शुरु भएको हो ।
