SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन

जुम्ला । जिल्ला ट्राफिक कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा रु आठ लाख १२ हजार राजस्व सङ्कलन गरेको छ । सवारी नियम उलङ्घन, मादक पदार्थ सेवनलगायतका कार्य गरेबापत चालकलाई गरिएको कारबाहीबाट सो परिमाणको राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक जगतबहादुर कठायतले जानकारी दिए ।