SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०७:३८ AM · 1 मिनेट पढाइ

महामन्त्रीको दौडबाट रञ्जु दर्शनाको पनि बहिर्गमन, विपिन आचार्यलाई समर्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेकी छन् । महाधिवेशन स्थल चितवनमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो समर्थन र मत दुवै आचार्यलाई रहने बताइन् । ‘आजको दिनमा मेरो समर्थन र भोट पनि विपिन आचार्यलाई,’ उनले भनिन् ।