‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’
पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा पाइला टेक्नु निकै चुनौतीपूर्ण मानिन्थ्यो । घरको चौघेरा, चुलो–चौको र परम्परागत भूमिकाभित्र सीमित गरिएका छोरीहरूका लागि खेलकुदमा भविष्य देख्नु सजिलो थिएन । खेल मैदानमा उनीहरूको उपस्थिति अपवादजस्तै थियो । राष्ट्रिय टोलीको जर्सी लगाउने सपना त झन टाढाको कुरा ।
