SHARE
लोक पथ · शुक्रबार​ १२ असार २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

भारतले एलपी ग्यासमा लगाएको प्रतिबन्ध हटायो, सहज बन्दै आपूर्ति

नयाँदिल्ली । मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित भएको ऊर्जा आपूर्ति क्रमशः सहज बन्दै गएपछि भारतले व्यावसायिक तरल पेट्रोलियम ग्यास (एलपीजी) मा लगाइएको प्रतिबन्ध हटाएको छ । हर्मुज जलघाँटी पुनः सञ्चालनमा आएपछि ऊर्जा आपूर्ति सुधारिएको भन्दै भारत सरकारले संकटकालीन नियन्त्रणहरू अन्त्य गरेको हो ।