SHARE
लोक पथ · शुक्रबार​ १२ असार २०८३ ०६:०४ AM · 1 मिनेट पढाइ

भेनेजुएला भूकम्प अपडेट : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते

काठमाडौं । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम अन्तरमा आएका दुई शक्तिशाली भूकम्पका कारण कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने चार हजार ३०० भन्दा बढी घाइते भएका छन् । भग्नावशेषमुनि अझै पनि धेरै मानिस फसेको आशंका गरिएकाले उद्धार कार्य तीव्र पारिएको छ ।