SHARE
लोक पथ · शुक्रबार​ १२ असार २०८३ ०६:०४ AM · 1 मिनेट पढाइ

खरेलपछि निवर्तमान महामन्त्री बुर्लाकोटीले पनि फिर्ता लिए महामन्त्रीको उम्मेदवारी

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदबाट कवीन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएका छन् । निवर्तमान महामन्त्रीसमेत रहेका बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएसँगै अब ८ जनाबीच महामन्त्री पदका लागि प्रतिस्पर्धा हुनेछ । यसअघि जगदीश खरेलले पनि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएका थिए ।