SHARE
लोक पथ · शुक्रबार​ १२ असार २०८३ ०३:२५ AM · 1 मिनेट पढाइ

घमाहा खोला डाइभर्सनमा पानी पसेपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

बुटवल । लगातारको वर्षाका कारण रुपन्देहीको सैनामैना नगरपालिकास्थित घमाहा खोला डाइभर्सनमा पानी पसेपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । डाइभर्सनमाथिबाटै पानी बग्न थालेपछि सो सडकखण्डबाट कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको हो । बिहीबारदेखि परेको अविरल वर्षापछि खोला बढ्दा डाइभर्सन पूर्ण रूपमा डुबानमा परेको स्थानीयले बताएका छन् ।