रास्वपा महाधिवेशन : पदाधिकारीका लागि आज मतदान हुने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज शुक्रबार पार्टीका बाँकी पदाधिकारी चयनका लागि मतदान गर्ने भएको छ । पार्टी निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ । पहिलो चरणको निर्वाचनको परिणाम सार्वजनिक भएपछि बाँकी पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान हुन लागेको हो ।
