पत्रकार विनोद ढकाल साइबर अपराध मुद्दामा पक्राउ
काठमाडौं । पत्रकार विनोद ढकाल साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार ढकालले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललगायत व्यक्तिविरुद्ध आफ्नो फेसबुक खातामार्फत विभिन्न टिप्पणी तथा सामग्री प्रकाशित गरेका थिए ।
