SHARE
पर्दाफास · शुक्रबार​ १२ असार २०८३ ०३:१९ AM · 1 मिनेट पढाइ

जर्मनीलाई हराउँदै इक्वेडर विश्वकपको अन्तिम ३२ मा

फिफा विश्वकप २०२६ मा गोन्जालो प्लाटाले दोस्रो हाफमा गरेको निर्णायक गोलमा इक्वेडरले जर्मनीलाई २–१ ले पराजित गरेको छ । समूह ‘ई’ अन्तर्गत शुक्रबार न्यूयोर्क÷न्यु जर्सी स्टेडियममा भएको खेलमा इक्वेडरले उत्कृष्ट पुनरागमन गर्दै महत्त्वपूर्ण जित निकालेको हो । जित निकालेसँगै इक्वेडर फिफा विश्वकप २०२६ को नकआउट चरणमा पुगेको छ ।