SHARE
लोक पथ · शुक्रबार​ १२ असार २०८३ ०२:२५ AM · 1 मिनेट पढाइ

विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पुरुष उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन् । उपसभापति पदका अर्का दाबेदार विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन् । यसअघि नै पार्टी सभापति पदमा रवि लामिछाने पनि निर्विरोध भइसकेका छन् ।