रास्वपा महामन्त्रीको दौडबाट पछि हटे शिशिर खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा गरेको दाबेदारीबाट औपचारिक रूपमा फिर्ता लिएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेतृत्वको सहमति र पार्टी एकताको चाहनालाई सम्मान गर्दै निर्वाचन प्रक्रियाबाट पछि हट्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
