सरकारले ‘होल्डिङ सेन्टर’ खाली गर्न थप एक हप्ता समय दियो
काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासीलाई केन्द्र खाली गर्न थप एक हप्ता समय दिएको छ । अब उनीहरूले असार १९ गतेसम्म होल्डिङ सेन्टर छोड्नुपर्ने भएको छ । यसअघि सरकारले असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न भनेको थियो । तर समय कम भएको भन्दै आएको गुनासोलाई ध्यानमा राखेर म्याद थप गरिएको हो ।
