SHARE
पर्दाफास · शुक्रबार​ १२ असार २०८३ ०२:५४ AM · 1 मिनेट पढाइ

लागुऔषध नियन्त्रणमा चुनौती थपिँदै, तस्करीको नयाँ शैलीले पहिचानमा सकस

नेपालमा लागुऔषधको प्रयोग, ओसारपसार तथा कारोबार नियन्त्रणका लागि राज्यका निकायहरूले विभिन्न प्रयास गरिरहेका भएपनि त्यो न्यूनीकरण हुन सकेको छैन् । पछिल्ला वर्षहरूमा लागूऔषधसम्बन्धी मुद्दा, पक्राउ पर्ने व्यक्तिको संख्या तथा तस्करीका नयाँ शैलीहरूले समस्या झन् जटिल बन्दै गएको देखिन्छ ।