SHARE
पर्दाफास · शुक्रबार​ १२ असार २०८३ ०२:५८ AM · 1 मिनेट पढाइ

देशका ६ महानगरको बजेट : कसले कति ल्याए ?

देशभरका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५३ अर्ब तीन करोड रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन्। महानगरहरूमध्ये काठमाडौँ महानगरपालिकाले सबैभन्दा ठूलो बजेट प्रस्तुत गरेको छ भने विराटनगर महानगरपालिकाले सबैभन्दा सानो बजेट ल्याएको छ। विराटनगर, वीरगन्ज र ललितपुर महानगरपालिकाले बुधबार बजेट सार्वजनिक गरेका हुन् भने भरतपुर महानगरपालिकाले सोमबार बजेट प्रस्तुत गरेको थियो।