SHARE
लोक पथ · शुक्रबार​ १२ असार २०८३ ०१:४० AM · 1 मिनेट पढाइ

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनका लागि डा। स्वर्णिम वाग्लेले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । वाग्लेको उम्मेदवारीमा रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठ प्रस्तावक बनेका छन् । यसअघि श्रेष्ठ स्वयं पनि उपसभापति पदका आकांक्षी मानिएका थिए ।