रास्वपा निर्वाचन : सामाजिक संजालबाटै महामन्त्री पदको उम्मेदवारी घोषणा, यी हुन् प्रतिस्पर्धी
राष्ट्रिय स्वतन्त्र पाटीको (रास्वपा) सभापतिपछिको महत्वपुर्ण मानिएको महामन्त्री पदमा शक्तिशाली नेताहरुले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्यको नतिजा आएसँगै पदाधिकारीमा उम्मेदवारी घोषणाको प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म ६ जनाले महामन्त्रीमा उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । अझै सबै केन्द्रीय सदस्यको पूरा नतिजा सार्वजनिक गरिएको छैन ।
