रास्वपा केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक, कसले कति मत पाए ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यका लागि बुधबार भएको निर्वाचनको मत परिणाम सार्वजनिक गरेको छ । कुल ९९ जना केन्द्रीय सदस्य पदमा ३७९ जनाले उम्मेदवारी दिएका थिए । जसमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक २ हजार ६ सय ७ मत ल्याएका छन् । उनलाई पछ्याउँदै सोविता गौतमले २ हजार ५ सय ९४ मत ल्याइन् ।
