SHARE
लोक पथ · बिहीबार ११ असार २०८३ ०३:१५ PM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यहरुको मत परिणाम सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय सदस्यहरुको मत परिणाम सार्वजनिक भएको छ । बिहीबार राति रास्वपा महाधिवेशनका लागि गठन भएको केन्द्रीय निर्वाचन समितिले केन्द्रीय सदस्यहरुको परिणाम घोषणा गरेको हो । आइतबारबाट सुरु भएको महाधिवेशन अन्तर्गत बिहीबार (आज) मतदान भएको थियो ।