अजेय सुमार्गीको पासपोर्ट रोक्का
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको पासपोर्ट (राहदानी) रोक्का गरेको छ। सुमार्गीमाथि चलिरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई प्रभावकारी बनाउन विभागले अध्यागमन विभागलाई पत्राचार गर्दै उनको पासपोर्ट रोक्का राख्न निर्देशन दिएको हो। विभागका उच्च स्रोतका अनुसार अनुसन्धान प्रक्रिया जारी रहेका बेला सुमार्गी विदेश जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै यो कदम चालिएको हो।
