सरकारको आश्वासनपछि सञ्चालनमा आए बन्द भएको चिया उद्योग
काठमाडौं । नेपाल चिया उत्पादक संघले बन्द रहेका चिया उद्योग आजदेखि पुनःसञ्चालन गर्ने तथा बन्दका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ । भारततर्फ चिया निर्यातमा देखिएको समस्याका कारण बन्द गरिएका झापा र इलामका चिया उद्योग आजदेखि पुनःसञ्चालनमा ल्याइने भएका हुन् ।
