दुर्घटनापछि भाग्दै गरेको गाडीको ठक्करबाट एक जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं । दुर्घटनापछि भाग्दै गरेको पिकअप भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको मिर्चैया नगरपालिका–८ भगवतपुर निवासी गुनाई ठाकुर रहेका छन् । बा.प्र. ०१–०३२ च ८९७१ नम्बरको ईभी कार विद्युतको पोलमा ठोक्किएर अनियन्त्रित भई नालामा खसेको थियो । दुर्घटनापछि कार चालकले आफ्नो साथीलाई लिन बोलाए ।
