SHARE
लोक पथ · बिहीबार ११ असार २०८३ ११:२० AM · 1 मिनेट पढाइ

लम्बियो रास्वपाको महाधिवेशन, फेरि अर्को तालिका

काठमाडौं । असार ७ गते आइतबारबाट सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन शुक्रबारसम्म लम्बिएको छ । प्रतिनिधि छनोटमा विवाद, आन्तरिक तयारीमा कमी लगायतका कारणले महाधिवेशन थप लम्बिएको हो । अहिलेसम्म ९९ जना केन्द्रीय सदस्य चयनका लागि मात्रै मतदान सकिएको छ । तर अझै पदाधिकारीको मतदान बाँकी रहेको छ ।