SHARE
लोक पथ · बिहीबार ११ असार २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेड, टंगाल–काठमाडौंबिच ग्राहकहरुलाई सेवा दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुलाई उक्त ल्याबबाट प्रदान गरिने विभिन्न स्वास्थ्य परीक्षण सेवाहरुमा विशेष छुट प्रदान गरिनेछ । यस सम्झौता अनुसार ल्याबबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिनेछ ।