SHARE
पर्दाफास · बिहीबार ११ असार २०८३ १०:२९ AM · 1 मिनेट पढाइ

नेप्सेमा गिरावट, २ अर्ब ८३ करोडको कारोबार

नेप्सेमा आजपनि अंकमा गिरावट आएको छ । आज विहिबार नेप्से ८.५० अंकले घटेर २६५१.५२ विन्दुमा पुगेर रोकिएको छ । आज ३३८ कम्पनिका ६४ लाख ८० हजार ५९९ कित्ता शेयर २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।