कार्यप्रगति देखिनेगरी ठुला आयोजनालाई अगाडि बढाउनुपर्छ : ऊर्जामन्त्री खड्का
काठमाडौँ ३० साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कार्यप्रगति देखिनेगरी ठुला विद्युत् र सिँचाइका ठुला आयोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । ऊर्जा मन्त्रालयमा आज सम्पन्न वार्षिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले बलियो सरकार भएका बेलामा कार्यप्रगति देखिनेगरी ठुला आयोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
