SHARE
पर्दाफास · बिहीबार ११ असार २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

४ हजार डलरभन्दा तल झर्‍यो सुन

अमेरिकी डलर मजबुत बन्दै जाँदा र ब्याजदर थप बढ्ने अपेक्षा चुलिँदा विश्व बजारमा सुनको मूल्य सात महिनायताकै न्यून स्तरमा पुगेको छ। विश्व बजारमा सुनको मूल्यले लगातार ओरालो यात्रा जारी राख्दै बुधबार प्रति औंस ४ हजार अमेरिकी डलरको महत्वपूर्ण मनोवैज्ञानिक स्तर पनि गुमाएको छ। नोभेम्बर २०२५ यता पहिलो पटक सुनको मूल्य यो स्तरभन्दा तल झरेको हो।