SHARE
हाम्रो सम्बाद · शुक्रबार​ ३० साउन २०८२ ०२:१२ PM · 1 मिनेट पढाइ

पेस्तोल, म्यग्जिन र सात राउण्ड गोलीसहित एक जना पक्राउ

काठमाडौँ, ३० साउन । प्रहरीले काठमाडौँ महानगरपालिका–१६ चमतीबाट अटोमेटिक पेस्तोल, दुई थान म्याग्जिन र सात राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भइ हाल काठमाडौँ महागरपालिका–१६ चमती डेरा गरी बस्ने २९ वर्षीय शिवराज दराई रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद