SHARE
लोक पथ · बिहीबार ११ असार २०८३ ०९:१४ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनमा एक तिहाइ प्रतिनिधि अनुपस्थित, २९५९ जनाले गरे मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा झन्डै एक तिहाइ प्रतिनिधि अनुपस्थित भएका छन् । कूल ४ हजार ३११ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मात्र मतदानमा भाग लिएका छन् भने १ हजार ३५२ जना मतदानमा अनुपस्थित रहेका छन् ।