SHARE
पर्दाफास · बिहीबार ११ असार २०८३ ०८:१३ AM · 1 मिनेट पढाइ

सैन्य तालिममा ग्रिनेट बिस्फाेट हुँदा सैनिककाे मृत्यु

कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको हिमालविक्रम विष्टको मृत्यु भएको छ। मोहन्याल गाउँपालिका वडा नं. ७ को जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा विष्टको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।