SHARE
Kalo Pati · बिहीबार ११ असार २०८३ ०८:०३ AM · 1 मिनेट पढाइ

तलब भत्तामा विभेद गरेको भन्दै विद्यालय कर्मचारीले गराए ध्यानाकर्षण

काठमाडौँ । नयाँ बजेटमा सामुदायिक विद्यालयका कर्मचारीहरूको मागलाई उपेक्षा गरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाएको छ । परिषद्का अध्यक्ष गङ्गाराम तिवारीको नेतृत्वमा गएको टोलीले केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेलाई ध्यानाकर्षण गराएका हुन्। ​परिषद्को राष्ट्रिय समितिले गत असार ५ गते ‘पेन डाउन’ (कार्य बन्द) गरेको थियो ।