सशस्त्र प्रहरीमा ‘जिरो टोलरेन्स’ नीति लागू गरिने, सीमा सुरक्षामा बीआईटी अवधारणा ल्याइँदै
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सीमा सुरक्षा, विपद् व्यवस्थापन र आर्थिक सुशासनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सङ्गठनको छवि सुधार्दै जनअपेक्षाअनुसार नतिजामुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
