SHARE
पर्दाफास · बिहीबार ११ असार २०८३ ०७:१९ AM · 1 मिनेट पढाइ

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको मतदान सकियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ । आज बिहानबाट सुरु भएको मतदान केहीबेरअघि सकिएको हो । नेता गणेश पराजुलीका अनुसार करिब ६० प्रतिशत मतदान भएको अनुमान गरिएको छ । गत ७ असारदेखि जारी महाधिवेशन अन्तर्गत चितवनको भरतपुरमा पहिलो चरणमा केन्द्रीय सदस्यका लागि मतदान गरिएको हो ।